मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता


 


काठमाडौं, कात्तिक २९

अब मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर दिइने भएको छ ।  सूचना तथा सन्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता मत्रालयमा पत्रकार सम्मेलन गरि जानकारी दिने बताउनुभएको हो ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री बास्कोटाले निणय गरेको २४ घन्टापछि जानकारी दिने ब्यवस्था गरिएको उल्लेख गर्नुभयो । साथै साप्ताहिक रूपमा गरिने पत्रकार सम्मेलनमा विभिन्न विषयगत मन्त्रालयका प्रवक्ता पनि सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्