काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


 


काठमाण्डौँ, कात्तिक २९

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी शनिवार बोलाएको छ । शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यो बैठकमा नेपाल विद्यार्थी संघको विवादबारे छलफल हुने नेताहरुले बताएका छन् । नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिएपछि मंसिर २ गतेसम्म महाधिवेशन गर्न भनिएको थियो । तर, यो पटक पनि अधिवेशन हुन सकेन ।

बरु यो बीचमा पार्टी नेतृत्वले एकपक्षीय रुपमा ३२ वर्षे उमेर हद लगाउने एउटा धाराबारे छलफल गराएपछि विवाद बढेको छ । अबको बैठकमा फेरि म्याद थप्ने वा वर्तमान कार्यसमिति भंग गर्ने विकल्पबारे छलफल हुनेछ ।

प्रकाशित मिति: २९ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्