प्रधानमन्त्री ओलीसँग यूएनका उपमहासचिवको शिष्टाचार भेट



काठमाडौँ, कात्तिक ३०

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ ९यूएन०का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले यूएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराउनुभएको छ । उपमहासचिव मोहम्मद शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार नेपाल आउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्रसङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News