काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै



काठमाण्डौँ, मंसिर १

नेपाली कांग्रेसले आज दिउँसो केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यो बैठकमा नेपाल विद्यार्थी संघको विवादबारे छलफल हुने नेताहरुले बताएका छन् । नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिएपछि मंसिर २ गतेसम्म महाधिवेशन गर्न भनिएको थियो । तर, यो पटक पनि अधिवेशन हुन सकेन ।

बरु यो बीचमा पार्टी नेतृत्वले एकपक्षीय रुपमा ३२ वर्षे उमेर हद लगाउने एउटा धाराबारे छलफल गराएपछि विवाद बढेको छ । आजको बैठकमा फेरि म्याद थप्ने वा वर्तमान कार्यसमिति भंग गर्ने विकल्पबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News