थानकोटको चन्द्रागिरिमा ‘समुदाय प्रहरी पालिका समिति’ गठन


 


काठमाडौँ, मंसिर १

नेपाल प्रहरीले सुरू गरेको समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत चन्द्रागिरि नगरपालिकामा ‘समुदाय प्रहरी पालिका समिति’ गठन गरिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीको संयोजकत्वमा ३३ सदस्य समिति गठन गरिएको हो ।

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले टोलटोलमा शान्ति शान्ति सुरक्षा अमनचयन अपराध नियन्त्रण तथा निर्मूल पार्नको लागि गृह प्रशासन सुधार योजना अन्तर्गत नेपाल प्रहरीले यो अवधारणा ल्याएको प्रती खुशी व्यक्त गरे । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले प्रहरीले ल्याएको नयाँ कार्यक्रमले समाजमा हुने अपराध न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए । नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरिसकेको छ ।

गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा कात्तिक ११ देखि सुरू भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्याउने लक्ष्य साथ अगाडि वढिरहेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरिक्षक अमृतवहादुर वस्नेतले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: १ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्