नेबिसंघको म्याद दुई महिना थप



काठमाडौँ, मंसिर ३

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विधान स्वीकृत गरेसँगै संघको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले संघको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

नेविसंघको विधानअनुसार वर्तमान केन्द्रीय समितिको कार्यकाल हिजोसम्म थियो । विसं २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News