राजपाको संयोजकमा महतो



काठमाडौं, कात्तिक ४

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ । आज बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

साथै महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई संयोजक चयन गरेको छ । बैठकले पार्टी एकतापछि निर्वाचन आयोगमा बुझाएको कार्यसमितिलाई मान्यता दिएको छ र त्यसयता भएका सबै मनोनयन रद्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News