प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन



काठमाण्डौँ, मंसिर ४

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले जनताले अपेक्षा गरेअनुसार विकास निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै संविधानको परिधिभित्र रहेर आवश्यक नीति निर्माण गर्न नीति अनुसन्धान प्रतिष्ठानलाई निर्देशन दिनु भएको हो ।

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बसेको प्रतिष्ठानको परिचयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तरद्वन्द्वमा फसेका नीतिहरुलाई पुनरावलोकन गरेर संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिनुभयो ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी आवश्यक नीति पुनरावलोकन गर्न प्रधानमन्त्रीले प्रतिष्ठानलाई निर्देशन दिनु भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको काममा सरकारले हस्तक्षेप नगर्ने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले विद्यमान नीति पुनरावलोकन गर्न समाजशास्त्री डा. चैतन्य मिश्रको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञहरु रहेको प्रतिष्ठान गठन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News