शान्ति सम्झौता भएको आज १२ वर्ष पुरा



काठमाण्डौँ, मंसिर ५

तत्कालिन विद्रोही नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १२ वर्ष पुरा भएको छ । माओवादी पार्टीले चलाएको १० बर्षे सशस्त्र युद्धलाई व्यवस्थापन गर्नका लागि २०६३ साल मंसिर ५ गते शान्ति सम्झौता भएको थियो ।

विस्तृत शान्ति सम्झौताको १२ वर्ष पूरा भए पनि द्वन्द्व व्यवस्थापनका महत्वपूर्ण पक्षहरुको भने अझै सम्बोधन हुन सकेका छैनन् । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको शान्ति सम्झौता अनुसार सम्झौता लागू भएको ६ महिनाभित्र द्वन्द्वसंग सम्बन्धित सवै विषयको सम्बोधन गर्ने उल्लेख थियो ।

तर, शान्ति सम्झौता भएको ८ वर्षपछि मात्र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन भयो । आयोग गठन भएको चार वर्ष वितिसक्दा पनि पीडित पक्षले अझै न्याय पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News