प्राडा गोविन्द केसीले दिए सरकारलाई अल्टिमेटम



काठमाण्डौँ, मंसिर १०

प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता पुष २ गतेसम्ममा पुरा गर्न अल्टिमेटम दिनुभएको छ । आज पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले १५ औँ सत्याग्रहको क्रममा साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन नगरिए पुष २ गतेबाट अनसनमा बस्ने घोषणा गर्नुभएको छ ।

उहाँले सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन संशोधन गरेर संसदबाट अविलम्ब पारित गर्न माग राख्नुभएको छ । यस्तै, सरकारको निर्णय उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग समेत गर्नुभएको छ ।

डाक्टर केसीले सरकारलाई निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग राख्नुभएको छ । उहाँले प्रमाण लोप गर्ने, झूठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या गर्ने व्यक्तितहरुमाथि तत्काल फौजदारी मुद्दा चलाउन माग राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News