‘मी टू’ हिरोइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्


 


पछिल्लो महिनासम्म बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू’ अभियान विस्तारै सेलाउँदै गएको छ । अहिले आएर यो अभियान निकै कमजोर भएको छ । आरोप लागेकाहरुमाथि कुनै कारवाही भएको छैन ।

यही कारण अहिले आरोप लगाउने हिरोइनहरु समेत पछि हट्न थालेका छन् । चर्चित निर्देशक सुभास घइमाथि आरोप लगाएकी हिरोइन केट शर्मा पछि हटेकी छिन् ।

नायिका केट शर्माले निर्देशक सुभास घइमाथि जबरजस्ती किस गर्न खोजेको आरोप लगाएकी थिइन् । अहिले उनले मुम्बई प्रहरीलाई आफूले मुद्दा अगाडि नबढाउने जानकारी दिएकी छिन् । उनले ‘मी टू’ अभियानप्रति आइरहेको प्रतिक्रियाबाट आफू निराश भएको बताएकी छिन् ।

उनले ‘मी टू’ अभियानलाई मजाक बनाइएको समेत बताएकी छिन् । उनी अब आफ्नी आमाको उपचारमा ध्यान केन्द्रित गर्ने सोचमा छिन् । उनले प्रहरीले मुद्दा दर्ता मात्र गरेको तर यति धेरै आरोप लागिसक्दा पनि कुनै पनि आरोपीलाई पक्राउ गर्न नसकेको आरोप लगाएकी छिन् ।

प्रकाशित मिति: १० मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्