‘जनताले सरकारका लोकप्रिय कामको अनुभूति गर्नेछन्’



विराटनगर, मंसिर १०

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारका लोकप्रिय कामको परिणाम जनताले अनुभूति गर्ने बताउनुभयो ।विराटनगरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले योजना बनाएर कामको शुरुआत गरेकाले परिणाम चाँडै आउने प्रस्ट पार्नुभयो ।

उहाँले सरकारको राम्रो कार्यमध्ये यातायात सिण्डिकेट हटाउने कार्यबाट पछाडि नहटेको र यसलाई निरन्तरता दिइएको बताउनुभयो ।रक्षामन्त्री पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी विधानअनुसार नै सञ्चालन भएको उल्लेख गर्दै तल्लो स्तरमा पार्टी एकीकरण सम्बन्धमा गृहकार्य भइरहेको बताउनुभयो । नेपाली सेनाले आफ्नो प्रक्रियाअनुसार नै सेनामा बढुवा कार्य अगाडि बढाइरहेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News