सरकारले आज सामाजिक सुरक्षा योजना घोषणा गर्दै



काठमाडौँ, मंसिर ११

सरकारले विशेष कार्यक्रमका साथ आज सामाजिक सुरक्षा योजनाको घोषणा गर्दैछ । श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना सुरु गर्न लागेको हो ।

काठमाडौंको प्रज्ञा भवनमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाको घोषणा गर्नुहुनेछ । यो योजनाले देशमा सामाजिक सुरक्षाको नयाँ युगको सुरुवात गर्नुका साथै दीगो व्यवसायिक वातावरण, अशल श्रम सम्वन्धको निर्माण तथा आम श्रमिकको मर्यादित जीवनको लागि सर्वाधिक महत्व राख्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सामाजिक सुरक्षा दिवसलाई उत्सवका रुपमा मनाउन मन्त्रालयले सबै सरकारी एवं गैरसरकारी संघसंस्थालाई अनुरोध गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना श्रमिक र रोजगारदाताले गरेको योगदानका आधारमा आकस्मिक रुपमा आइपर्ने समस्याको निराकरण गर्न र भविष्यलाई सुरक्षित बनाउन अगाडि सारिएको सुरक्षा कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News