सबै श्रमिकले अब पेन्सन पाउने



काठमाण्डौँ, मंसिर ११

सरकारले निजी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरणको व्यवस्थासहित ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ लागू गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्धावस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो । आज काठमाडौंमा आयोजित विशेष समारोहमा सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमले श्रमको सम्मान र श्रममा लाग्न उत्प्रेरणा दिने बताउनुभयो ।

कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमप्रति सम्मानको भाव विकसित हुने बताउनुभयो । उहाँले बौद्धिक क्षेत्रमा काम गर्नेलाई पनि कार्यक्रमले विस्तारै समेट्दै जाने बताउनुभयो ।

श्रम मन्त्रालयले निजी क्षेत्रका कम्तीमा ३५ लाख श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागू गरिएको जनाएको छ । निजी क्षेत्रले कार्यक्रमको स्वागत गर्दै कार्यान्वयनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News