नेबिसंघको महाधिबेशन पुस २८ देखी



काठमाडौँ, मंसिर ११

नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ । आज बसेको नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले मिति तय गरेको हो ।

बैठकपछि पत्रकार सम्मेलन गरेर नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघ महाधिवेशनको कार्यतालिका बारे जानकारी गराउनु भएको हो । कार्यतालिका अनुसार मंसिर २२ गतेदेखि अधिवेशनका कामहरु हुनेछन् । २२ गते मावि, उमावि र सिटीइभीटी र क्याम्पसका अधिवेशन हुने छन् । मंसिर २५ मा स्थानीय तहका अधिवेशन हुनेछन् ।

पुस ८ भित्र उपत्यका भित्रका क्याम्पस र विश्व विद्यालयका अधिवेशन हुनेछन् । पुस १४ भित्र ७७ वटै जिल्लाका अधिवेशन हुनेछन् । पुस २० भित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने नेविसंघले जनाएको छ । नेविसंघले दुई दिन भित्रमा सबै तहमा प्रतिनिधि पठाउने तयारी समेत गरेको छ । तोकिएको समयसम्म अधिवेशन नगर्ने जिल्ला समितिहरु स्वत ः भंग हुने नेविसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News