आन्तरिक विवादका कारण नेकपा बैँठक पटक–पटक स्थगित



काठमाण्डौँ, मंसिर १२

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित भइरहेको छ । आन्तरिक विवाद समाधान गरी हिजो बेलुका ४ बजे सचिवालय बैठक बस्ने तय भए पनि अन्तिम समयमा स्थगित भयो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा सचिवालय बैठक आज बस्ने बताउनुभएको छ । नेताहरुको आन्तरिक तयारी एवं कार्यव्यस्तताका कारण हिजोको बैठक स्थगित भएको उहाँले बताउनुभयो ।

प्रदेश कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्युरो कमिटी गठन, जिल्ला एवं जनवर्गीय संगठनहरुको एकता लगायतका कार्यमा विवाद भएपछि समाधानका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News