उर्लाबारीमा दमकल छैन, पदाधिकारीलाई गाडी


 


दमक, मंसिर १३

मंसिर ४ गते मोरङ उर्लाबारीको मुख्य बजारमा आगलागी भयो। आगोले जलेर इटहरा रोडमा रहेको भक्तिराम अधिकारीको किराना पसल खरानी भयो। अगलागीबाट १ करोड ५० लाख बराबरको क्षति भयो।

दिउँसो २ बजेतिर लागेको आगो दुई घन्टापछि मात्रै निभाइएको थियो। आगो निभाउन अन्यत्रबाट ल्याइएका सातवटा दमकल प्रयोग गरिएका थिए। उर्लाबारी नगरपालिकामा दमकल नभएकै कारण त्यति ठूलो क्षति भएको स्थानीयको ठहर छ। आजको नागरिक दैनिकमा खबर छ ।

उर्लाबारीकी सरिता केसीले दमकल नभएर ठूलो क्षति भएको र अब सबैले नगरपालिकासँग दमकलका लागि दबाब दिनुपर्ने बताइन्। ‘नगरपालिकामा नागरिकले कर तिर्छन् तर आगो लागेकै कारण व्यस्त बजारमा यति ठूलो क्षति बेहोर्नुपर्छ,’ उनले भनिन्, ‘यसमा नगरपालिका जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ।’

उर्लाबारीका मेयर खड्ग फागो दमकल खरिदका लागि प्रक्रिया अघि बढाइसकिएको भन्दै पन्छिने गरेका छन्। तर उनले त्यसो भन्न थालेको एक वर्ष बितिसक्दा पनि दमकल खरिद गरिएको छैन।

उर्लाबारीका मेयर फागोका लागि चालु आर्थिक वर्षमा नयाँ गाडी खरिद गरिएको छ भने उपमेयर लक्ष्मीदेवी भण्डारीले यसअघि मेयर फागो चढ्दै आएका गाडी प्रयोग गर्नुभएको छ । नगरका सबै वडाध्यक्षका लागि पनि नयाँ मोटरसाइकल खरिद गरिसकेको छ ।

प्रकाशित मिति: १३ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्