आगोले डढेर बालिकाको मृत्यु



मोरङ, मंसिर १३

मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन बर्षीया बालिकाको आज बिहान मृत्यु भएको छ । बुधवार साँझ नवलकिशोर चौधरीको तीन बर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाईते भएकी थिईन ।

घाईते बालिकालाई उपचारका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा आज बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News