साफ महिला च्याम्पियनसिप विराटनगरमा हुने


 


काठमाण्डौँ, मंसिर १३

साफ महिला च्याम्पियनसिप फुटबल विराटनगरमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज प्रेस विज्ञप्ति जारी गर्दै पहिलो पटक ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता काठमाडौं उपत्यकाबाहिर आयोजना गर्न लागेको हो ।

यही फागुन २८ देखि चैत्र ८ गतेसम्म विराटनगरको शहीद रंगशालामा साफ महिला च्याम्पियनसिप आयोजना हुने एन्फाले जानकारी दिएको हो । यो पाचौं संस्करणको साफ महिला च्याम्पियनसिप हो । यसअघि श्रीलंकाले आयोजना गर्ने दाबी गरेको थियो । तर, श्रीलंकाले आयोजना गर्नेबाट हात झिकेपछि नेपालले दाबी गरेको थियो ।

त्यसपछि साउथ एसियन फुटबल फेडेरेसनले नेपाललाई आयोजना गर्ने जिम्मा दिने निर्णय मंसिर पहिलो साता गरेको थियो । समूह ‘ए’ मा नेपालसँगै नेपालसँगै यो समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन् । त्यस्तै, समूह ‘ब’ भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । नेपालको उपाधि जित्ने लक्ष्य रहेको छ । त्यही अनुसारको अभ्यास पनि लामो समयदेखि गरिरहेको छ ।

प्रकाशित मिति: १३ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्