काँग्रेसमा विधान मस्यौंदामाथि छलफल सुरु



काठमाण्डौँ, मंसिर १३

काँग्रेसले प्रस्तावित विधान मस्यौंदामाथि आजबाट छलफल सुरु गरेको छ । विधानमाथि छलफल गर्न काँग्रेसले बोलाएको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा ५ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।

विधान मस्यौंदा छलफलका लागि पार्टी कार्यलय सानेपामा बसेको पहिलो दिनको बैठकमा विधान संशोधन मस्यौंदा केन्द्रित रहेर केन्द्रीय सदस्यहरु डा.रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आ–आफ्नो धारणा राख्नुभएको हो ।

पहिलो दिनको छलफलमा केन्द्रीय सदस्य पौडेल र जोशीले विधानमा देखिएको असहमतिका विषयबारे व्याख्या गर्नुभएको थियो भने अन्यले समग्र विधानको व्याख्या गर्नुभएको थियो । अर्काे बैठक भोली विहान ११ बजे पुनः बस्ने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News