एनसेल लाभकर विवादको सुनुवाइ स्थगित


 


काठमाडौँ, मंसिर १४

दूरसञ्चार सेवा प्रदायक एनसेलको खरिदविक्री प्रकरणको लाभकर विवादसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ स्थगित भएको छ । गत असोज १८ गतेबाट मुद्दाको अन्तिम सुनुवाइ सुरु गरी हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको इजलासमा मुद्दा हेर्दाहेर्दैमा छ ।

बिहीबार सुनुवाइका लागि साप्ताहिक पेसी सूची प्रकाशित भए पनि दैनिक पेसी सूची प्रकाशन अघि नै मुद्दा स्थगित गरिएको हो । लाभकर र लाभांश विवाद समेत जोडिएका चार रिट निवेदन सर्वोच्चमा विचाराधीन छन् । पाँच जना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले मुद्दाको अन्तिम सुनुवाइ गरिरहेको छ ।

सर्वोच्चमा रिनोल्ड्स होल्डिङस लिमिटेड, एनसेल प्रालि, पूर्व सचिव द्वारिकानाथ ढुङ्गेल र अधिवक्ता भवेश गौतम समेतका चार निवेदन विचाराधीन छन् ।

प्रकाशित मिति: १४ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्