पुरानो बुलेटको मंसिर १५…. सार्वजानिक


 


नायक अनुपविक्रम शाही र नायिका बर्षा शिवाकोटीले अभिनय गरेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को गीत सार्वजानिक भएको छ । क्रेजी इन्टरटेनमेन्टले निर्माण गररेको सो चलचित्रको ‘मंसिर १५…’ बोलको गीत हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो ।

उत्तम जंग लिम्बु र मेलिना राईको स्वर रहेको गीतमा राम भट्टराईको शब्द, महाराज थापाको एरेन्ज र उत्तम जंग लिम्बुको संगीत रहेको छ । मोरङको गोकुलममा छायांकन गरिएको गीतमा कोरियोग्राफी प्रशान्त तामाङको रहेको छ ।

भीषण राईको निर्देशनमा तयार भएको चलचित्रमा अनुप र वर्षासँगै माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखिया, भरत लिम्बु, शिरोमणी दवाडी, बादल श्रेष्ठ, करण धिताल, मात्रिका पौडेल, लक्षणा राई लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई अशोक कुमार राई, टिकाराम राई, बिरेन साम्बा, दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका छन् । चलचित्रका कार्यकारी निर्माता सञ्चारकर्मी सन्तोष राईले सम्हालेका छन् । चलचित्र चैत्र १ गतेबाट प्रदर्शन आउने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्