ए डिभिजन लिग फुटबल : मनाङ शिर्ष स्थानमा


 


काठमाण्डौँ, मंसिर १५

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा फर्किएको छ । मनाङ लगातार ५ खेल जित्दै १५ अंकका साथ शीर्ष स्थानमा फर्किएको हो ।

हिजो थ्री स्टार विजयी हुँदै गोल अन्तरका आधारमा शीर्ष स्थानमा फर्किएको थियो । तर मनाङले पाँचौ चरणको खेलसम्म आफूलाई अपराजित राख्दै शीर्ष स्थानमा उक्लिएको हो ।

एपीएफ मैदान हलचोकमा आज भएको दोस्रो खेलमा मनाङले सातौ स्थानको सरस्वती युवा क्लबमाथि २–० को जित निकाल्न सफल भयो । पहिलो हाफमा आधा दर्जन प्रहार विफल हुँदा अग्रता लिन असफल देखिएको मनाङले सबै गोल दोस्रो हाफमा गरेको हो । मनाङको जितमा अन्जन विष्ट र अफिज वलावालेले एक/एक गोल गर ।

यस्तै आजै भएको पहिलो खेलमा सङ्कटा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । सङ्कटाले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सङ्कटाले तीन अङ्क जोडेको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्