आङ सान सू की स्वदेश फिर्ता



काठमाडौँ, मंसिर १६

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्माका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्कनुभएको छ । नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो ।

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सु की यही मङ्सिर १३ गते काठमाडौँ आउनुभएको थियो । शनिबारदेखि शुरु भएको सम्मेलन आज सम्पन्न हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News