काँग्रेसले भन्यो : सामाजिक सुरक्षा ऐन कार्यान्वयन पक्रिया सकारात्मक



काठमाण्डौँ, मंसिर १६

नेपाली काँग्रेसले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन प्रकृयालाई सुखद र सकारात्मक रुपमा लिएको जनाएको छ ।

तर उसले यसको कार्यान्वयन प्रकृयाका क्रममा भएको प्रचार शैलीलाई अनावश्यक र भड्किलो भनेको छ । काँग्रेसको जारी केन्द्रीय समितिको बैठकबाट मंसिर १६ गते पारित यस सम्बन्धी प्रस्ताव नै पारित गरेको छ । आज पत्रकार सम्मेलन गरेर काँग्रेसले सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन प्रकृयाबारेको प्रस्ताव सार्वजनिक गरेको छ ।

‘शेरबहादुर देउवाको नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसदमा प्रस्तुत भई संसदले पारित गरेर साउन २९ मा सम्माननीय राष्ट्रपतिबाट प्रमाणित ऐनको सफल कार्यान्वयनबाट समस्त नेपाली श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली काँग्रेसले लिएको छ’ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News