आयो खुशीको खबर : श्रृंखला खतिवडा मिस वर्ल्डको फाइनलमा !


 


मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् ।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।
त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।

मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यससँगै श्रृंखला आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।

यो घोषणापछि मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा नेपाल तथा श्रृंखलालार्इ विश्वभरबाट बधाइको ओइरो लागेको छ ।

प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्