फेरि अर्को खुशीको खबर : ब्यूटी विद अ पर्पस अवार्ड पनि श्रृंखलालार्इ


 


मल्टिमिडिया अवार्डका जितेकी नेपालकी श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् । आज राती आफ्नो इन्स्टाग्राममा भिडियो शेयर गर्दै श्रृंखलाले आफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेको खबर सुनाउँदै हर्षविभोर भएकी थिइन् ।

यसका बारेमा श्रृंखलाले आधिकािरक जानकारी गराए पनि मिस वर्ल्डको आधिकारिक पेजमा आउन भने बाँकी छ ।

ब्यूटी विद अ पर्पस श्रृंखलालार्इ दिलाउन मदत गर्ने उनको पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेको छ ।

प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्