नेकपाको तल्ला कमिटिको एकता हुन अझैँ समय लाग्ने



काठमाडौं, मंसिर १८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता घोषणा गरेको ६ महिनापछि प्रदेश कमिटी एकताले पूर्णता पाएपनि तल्ला कमिटिको एकता हुन अझैँ समय लाग्ने भएको छ ।

पार्टी सचिवालय, स्थायी र केन्द्रीय कमिटीले यसअघि नै पूर्णता पाएपनि पोलिट्ब्यूरो गठन हुन सकेको छैन भने तल्ला कमिटीको एकता हुन अझै समय लाग्ने नेताहरुको भनाइ छ ।

गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकता घोषणासभामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तीन महिनाभित्र तल्लो तहसम्मै एकता टुंगो लगाउने घोषणा गर्नुभएको थियो । तर, पार्टी एकताको ६ महिनापछि बल्ल–बल्ल नेकपाले दुई चरणमा गरी प्रदेश कमिटी एकतालाई पूर्णता दिएको छ ।

गत असोज ५ गते सातओटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम तय गरेको थियो । यस्तै, मंसिर १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम टुंगो लगाएपनि विवाद भएपछि हिजोमात्र सार्वजनिक गरेको हो ।

नेकपाको अन्तरिम विधानको व्यवस्थाअनुसार अझै पार्टी कमिटीमा जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, महानगर, उपमहानगर, नगर, गाउँ कमिटी, वडा वा शाखा कमिटी र पार्टी सेल कमिटी गठन गर्न बाँकी छ । यस्तै, जनवर्गीय संगठनतर्फका केन्द्रदेखि स्थानीय तहसम्मका एकता पनि टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News