एनआइसी एशियाको शेयर मूल्य समायोजन


 


काठमाडौँ, मंसिर १९

नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावअनुसार आज स्टकमा नयाँ शेयर मूल्य रु ३७१ हुने गरी समायोजन गरेको हो । उक्त बैंकको औसत आधारमूल्य भने रु ४१८ कायम भएको नेप्सेले जनाएको छ । लभांश शेयरपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ८३ करोड पुग्नेछ ।

यस्तै वित्तीय विवरण दिन अस्वीकार गरेको भन्दै स्टकले कारोबारमा रोक लगाएको नेपाल ल्युब आयलको कारोवार आजदेखि पुनः शुरु भएको छ । रासस

प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्