प्रदेश नंं. १ योजना आयोगका पदाधिकारीको सपथ ग्रहण



विराटनगर, मंसिर १९

प्रदेश नंं १ मा योजना आयोग गठन भएको एक महिना ५ दिनपछि आयोगका पदाधिकारीलाई सपथ ग्रहण गराईएको छ ।  प्रदेश १, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले आयोजना गरेको सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उपाध्यक्षमा नियुक्त भएका सुबोधराज प्याकुरेल तथा सदस्यहरु पुर्ण लक्सम र मिना भण्डारीलाई सपथ खुवाउनुभएको हो ।

सपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले चुनौती र अवसरको बिचमा जिम्मेवारी दिईएको बताउनुभयो । उहाँले अहिलेको आबश्यकता र चाहनाका आधारमा जनताको भावना अनुसार काम गर्नको लागि जनताले निर्वाचित गरेर पठाएको भन्दै मुख्यमन्त्री राईले प्रदेश १ मा विकासको नौलो खाका तयार गरी तत्कालिन र दिर्घकालिन योजना निर्माण गर्न आयोग सक्षम हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

संघीयताको मर्मलाई हृदयङ्मन गर्दै संभावनाको जगमा उभिएर प्रदेशलाई तत्काल सजाउने र सुन्दर बनाउने कामको शुरुवात प्रदेश १ ले गर्ने बेला आएको मुख्यमन्त्री राईले बताएउनुभयो । प्रदेश सरकारले घोषणा गरे अनुसारको प्रतिबद्धताको आधारमा कामहरु गरिरहेकोले अलमल नगरेको भन्दै राईले अब प्रदेशहरु बिच हुने विकासका होडवाजीमा प्रदेश १लाई पहिलो बनाउन सबै लागि पर्न आग्रह गर्नुभयो ।

सपथग्रहण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले पहिलाको योजनाका कारण विकासका कामहरु दुश्चक्रमा फँसेको बताउँदै अब नयाँ योजनाका साथ प्रदेश १ लाई आत्मनिर्भर बनाउने दावी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News