इटहरीमा जनता पार्कको शिलान्यास


 


सुनसरी, मंसिर २०

इटहरी उपमहानगरपालिकाले वडा नम्बर ९ स्थित सार्वजनिक जग्गामा निर्माण गर्ने जनता पार्कको शिल्यान्यास गरिएको छ । इटहरीका १ सय १ वर्षीय भानुभक्त लम्सालले धुपीका बिरुवा रोपेर जनतापार्कको शिलान्यास गर्नुभयो ।

कार्यक्रममा वोल्दै प्रदेश सांसद सर्वध्वज साँवाले विकासमा वाँधा पुर्याउनेहरु ढिलो चाडो नाङ्गगिने वताउनुभयो । उहाँले जनता पार्क निर्माणको योजना सफल पार्नको लागि सवैपक्षलाई जुटन आग्रह गर्नुभयो । उहाँले जनता पार्कले इटहरीवासीका लागि फोक्सोले झै काम गर्ने वताउनुभयो ।

कार्यक्रममा इटहरीका मेयर द्धारिकलाल चौधरीले वैशाख १ गते पार्कको उदघाटन गरिने वताउनुभयो । उहाँले भन्नुभयो “पार्क सिल्यान्यास त भयो वन्ला नवन्ला भनेर शंका नगरे हुन्छ आगामी वैशाख १ गते पार्क उदघाटन हुनेछ ।” उहाँले आफू सवै वडामा पार्क निर्माण गर्ने योजनामा रहेको सुनाउनुभयो । मेयरमा निर्वाचित भएदेखिनै सार्वजनिक जग्गा खोजी अभियानमा लागेको जानकारी दिनुभयो ।

इटहरी उपमहानगरमा रहेका सार्वजनिक जग्गा खोजीका लागि वडा नम्वर १३का अध्यक्ष शिव नारायण चौधरीको संयोजकत्वमा समिति पनि सक्रिय छ । मेयर चौधरीले मुख्यमन्त्री शेरधन राई कार्यब्यस्ताले आउन नभ्याउनुभए पनि शुभकामना शन्देश पठाउनुभएको वताउनुभयो ।

इटहरी ६ का वडाध्यक्ष दीपक गौतमले अर्को ठाँउमा क्रिकेट मैदानको ब्यवस्था नभएसम्म त्यहाँ क्रिकेट खेलका लागि कुनै रोकावट नहुने कार्यपालिकाले निर्णय गरेको सुनाउनुभयो । उहाँले सार्वजनिक जग्गा जनताको हितमा प्रयोगको पहिलो सुरुवात भएको प्रष्ट पार्नुभयो । सो जग्गामा रहेको डिभिएम स्कुलका विद्यार्थीको पढन पाउने हकका लागि जनप्रतिनिधि सचेत रहेको वताउनुभयो ।

प्रकाशित मिति: २० मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्