उर्लाबारीमा भएको आँखा शिविरमा २३ जना मोतियाबिन्दुका बिरामी


 


उर्लाबारी,  मंसिर २०

मोरङको उर्लाबारीमा रहेका लायन्स क्लबहरुले आज आयोजना गरेको नि : शूल्क आँखा शिविरमा २३ जना मोतियाबिन्दु भएका बिरामी भेटिएका छन् ।

उर्लाबारी ७ स्थित राधिका माध्यमिक बिद्यालयमा भएको शिविरमा १ सय ५० भन्दा बढीले आँखा जाँच गराएका थिए । जसमध्ये २३ जना मोतियाबिन्दुका विरामी भेटिएकाले उनीहरुको रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरमा नि : शूल्क अप्रेशन गराईने लायन्स क्लब अफ उर्लाबारीका पूर्वअध्यक्ष एवम् जोन चेयर पर्शन कोमल शाक्यले जानकारी दिनुभयो ।

शिविर लायन्स क्लब अफ उर्लाबारी, लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेज, लायन्स क्लब अफ उर्लाबारी आस्था र लायन्स क्लब अफ उर्लाबारी इष्र्टन मोरङले संयुक्त रुपमा आयोजना गरेका थिए ।

प्रकाशित मिति: २० मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्