इटहरी दुईमा कालोपत्रेको शुभारम्भ


 


इटहरी, मंसिर २०

इटहरी २ को सगरमाथा मार्गमा कालोपत्रे गर्ने कार्य शुभारम्भ गरिएको छ । प्रदेश सांसद सर्वध्वज साँवा र इटहरीका मेयर द्धारिकलाल चौधरीले कालोपत्रे गर्ने कार्यको शुभारम्भ गर्नुभयो । प्रदेश सरकारवाट प्राप्त विशेष कोषको १ करोड ३० लाख रकम वाट एक किलोमिटर वाटो कालोपत्रे गरिने छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज साँवाले प्रदेश सरकारले गतिलिन थालेको वताउनुभयो । उहाँले पाँच दिनको अवधिमा २ अरव ५ करोड रकम प्रदेश सरकारले प्रदेश नम्वर १ का स्थानीय तहहरुमा पठाएको जानकारी दिनुभयो ।

कार्यक्रममा इटहरीका मेयर द्धारिकलाल चौधरीले दुई बर्ष भित्रमा पाँच किलोमिटर वाटोनै कालोपत्रे गरिसक्ने प्रतिवद्धता जनाउनुभयो । वरगाँछी वाट तालतलैया जोडने त्यो वाटो पाँच किलोमिटर छ ।

प्रकाशित मिति: २० मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्