भाडामा बस्ने युवतीका कोठामा गोप्य क्यामेरा फिट गर्ने पक्राउ


 


एजेन्सी, मंसिर २०

भारतको तमिलनाडुमा एक घरमा भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरवाला पक्राउ परेका छन् । भाडामा बस्ने ती युवतीले हेयर ड्रायर प्रयोग गर्न सकेट प्लबगमा लगाउँदा फुटेपछि गोप्य क्यामेरा फेला पारेकी थिइन् ।

सकेट भित्तामा गोप्य रुपमा लुकाएर राखिएको थियो । यो कुरा सँगै बस्ने अर्की युवतीकोमा पनि पुग्यो र घटनाबारे प्रहरीलाई जानकारी गराए ।प्रहरीले ४५ वर्षीया घरवाला सञ्जय भनिने संपत कुमारलाई प्रहरीले पक्राउ गरि जेल पठाएको छ । प्रहरीले घटनाबारे छानविन जारी रहेको जनाएको छ ।

उनको घरमा केही महिलाहरु भाडामा बस्ने गर्छन् । उनीहरुको उजुरीको आधारमा पुगेको प्रहरीले घरको खानतलाशी लिएको थियो । प्रहरीले सो घरभित्र अन्य केही गोप्य क्यामेरा पनि फेला पारेको छ ।

प्रहरीले सो घरबाट ६ वटा यस्ता क्यामेरा बरामद गरेको जानकारी दिएको छ । प्रहरीले भनेको छ, ‘यो क्यामेरा पछिल्लो १५ दिनदेखि प्रयोग भइरहेको थियो । घरवालाले धेरैतले घरको एक तला भाडामा लगाएका थिए ।’

उनीमाथि आईटीएक्ट तथा महिला हिंसा रोक्नका लागि बनेको अधिनियमअनुसार मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित मिति: २० मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्