आजदेखि विवाह पञ्चमी महोत्सवको सुरवात



जनकपुर, मंसिर २१

प्राचीन मिथिला र हाल प्रदेश २ को राजधानी जनकपुरमा आजदेखि विवाह पञ्चमी महोत्सवको विधिवत सुरुवात भएको छ । महोत्सवका लागि जानकी मन्दिर झकिझकाउ बनाइएको छ ।

महोत्सवको पहिलो दिन आज जनकपुर नगर दर्शन, भोली दोस्रो दिन फुलबारी लीला, आइतबार तेस्रो दिन धनुष यज्ञ, सोमबार चौथो दिन तिलकोत्सव, मंगलबार पाँचौँ दिन मटकोर र बुधबार छैठौं दिन मंसिर २६ गते बिहीबार राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन राम कलेवा गरी जन्तीको विदाइ गर्ने कार्यक्रम तय गरिएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो ।

विवाहपञ्चमी महोत्सवमा आयोधाबाट हात्ति, घोडा र उँट चढेर जन्ती जनकपुर आउने दासले जानकारी दिनुभयो । यस वर्ष विवाहपञ्चमी महोत्सवमा ५ सय विशिष्ट र ५ हजार जन्ती सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News