समाजवादी फोरमको महाधिबेशन बैशाखमा



काठमाण्डौँ, मंसिर २१

संघीय समाजवादी फोरम नेपालले बैशाख २८ र २९ गते महाधिवेश गर्ने भएको छ । यसअघि माघ अन्तिम साता महाधिवेशन गर्ने भने पनि तयारी नपुगेका कारण बैशाखसम्म सार्ने निर्णय गरेको हो ।

बिहिवार बसेको राजनीतिक समितिको बैठकले बैशाख अन्तिम साता जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरेको समिति सदस्य प्रविण चाम्लिङले जानकारी दिनुभयो । तल्लो तहका सबै समितिहरूको अधिवेशन चैतभित्र सक्ने फोरमले जनाएको छ ।

यस्तै, बैठकले २२ गते केन्द्रीय समिति बोलाउने निर्णय गरेको उहाँले बताउनुभयो । पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा सरकारको कामको समीक्षा पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News