धरानमा शौचालयमा नवजात शिशुको शव फेला



सुनसरी, मंसिर २२

सुनसरीको धरान–११ मंगलबारे चोकस्थित एक मेडिकल रहेको घरको शौचालयमा आज नवजात शिशुको शव फेला परेको छ । प्रहरीले अनुसन्धानकालागि मेडिकल संचालक ३५ वर्षीय सुमन ढकाललाई नियन्त्रणमा लिएको छ ।

मंगलबारे चौकको विष्णुपादुका मार्ग बस्ने शुक्रबहादुर तामाङको घरको शौचालयमा शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । शव हेर्दा करिब ६ महिनाको शिशु रहेको अनुमान गरिएको छ । ढकालले नै आफ्नो मेडिकल हलले प्रयोग गर्ने शौचालयमा शिशुको शव फेला परेको जानकारी प्रहरीलाई दिएका थिए ।

शव फेला परेपछि प्रहरीले ढकाललाई केरकार गर्दा आफूलाई केही थाहा नभएको बताएका थिए । प्रहरीले उक्त मेडिकल हलमा पैसा लिएर अवैधरुपमा असुरक्षित गर्भपतन गराएको हुनसक्ने आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News