५ वर्षीया बालिकाको सामूहिक बलात्कार



बुटवल, मंसिर २२

रुपन्देहीमा ५ बर्षीया बालिकाको सामुहिक बलात्कार भएको छ । शुक्रवार राती रुपेन्देहीमा ५ बर्षिया बालिका सामुहिक बलात्कारको शिकार भएकी हुन् ।

देवदह नगरपालिका खैरेनी बजारकी दलित समुदायकी ५ बर्षिया बालिकामाथि शुक्रबार राति ६ जना युवाद्धारा सामूहिक बलात्कार भएको हो ।

६ जना मध्ये सामुहिक बलात्कारको आरोपमा गएराती नै प्रहरीले देवदह नगरपालिका–६ का २२ बर्षिय लक्ष्मण बिक र वडा ७ का १८ बर्षिय जीवन खत्रीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए ।

रक्ताश्रावले आशक्त ती वालिकाको लुम्विनी अञ्चल अस्पतालमा उपचार भई रहेको र अहिले उनको होस खुलेर बोल्न थालेको प्रहरी निरीक्षक घर्तिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News