नेकपाका चार नेताले किन बहिष्कार गरे सचिवालय बैठक ?



काठमाडौं, मंसिर २२

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका चार जना नेताहरुले सचिवालय बैठक बहिष्कार गरेका छन् । आज दिउँसो ३ बजेका लागि बैठक डाकिए पनि अध्यक्षहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेल समयमै उपस्थित नभएपछि आफूहरु हिडेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ र बामदेव गौतम बैठकका लागि वालुवाटार पुग्नुभएको थियो । ‘अध्यक्ष, महासचिव बैठकमा आउनुभएन, २० मिनेटसम्म कुरेर फर्कियौं,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘बैठक बस्न केही ढिला हुनेबारे पनि नेतृत्वले केही खबर पनि गर्नुभएन ।’

प्रवक्ता श्रेष्ठका अनुसार निर्धारित समयमा बैठक बस्ने पार्टीले यसअघि निर्णय नै गरेको थियो । ‘निर्धारित समयभन्दा १५ मिनेटपछि सम्म पनि बैठकका लागि कुर्ने । त्यसबेलासम्म बैठक हुने/नहुने जानकारी नेतृत्वले दिने भन्ने निर्णय थियो,’ श्रेष्ठले भन्नुभयो, ‘बैठक बस्ने/नबस्ने खबर पनि भएन हामी हिड्यौं ।’

समयमै कार्यक्रम गर्नुपर्छ भन्ने सिष्टम पार्टीमा बसाल्नका लागि पनि आफूहरु बालुवाटारबाट हिडेको श्रेष्ठले बताउनुभयो । नेताहरु ३ः२० बजेसम्म बालुवाटारमा बसेर फर्किएका हुन् । नेकपाको सचिवालय नौ सदस्यीय छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News