काठमाडौं उपत्यकामा जाडो बढ्दै



काठमाण्डौँ, मंसिर २३

काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम मापन भएको छ । आज उपत्यकाको न्युनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि उपत्यकाको न्युनतम तापक्रम हिजो ५ डिग्री सेल्सियस थियो । काठमाडौ उपत्यकासहित देशैभर दिनहुँ तापक्रम घट्दै जानुका साथै चिसो बढेको महसुस भएको मौसमविद् सुबाश रिमालले बताउनुभयो ।

देशका पहाडी एक दुई स्थानमा आंशिक बदली हुने सम्भावना छ । बेलुकीपख पूर्वी पहाडी क्षेत्रमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ । सोमबारदेखि भने हल्का वर्षा हुने मौसमविद् रिमालले बताउनुभयो । भोली बेलुकी देशका पूर्वी तथा पश्चिम पहाडी भू–भागमा हल्का पानी पर्ने रिमालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News