इलाममा मोटरसाइकलको ठक्करबाट बृद्धको मृत्यु



इलाम, मंसिर २३

इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको गए राति मृत्यु भएको छ । इलाम र पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को१प ३३३९ नंको मोटरसाइकलले ठक्कर दिँदा फाकफोकथुम गाउँपालिका–३ आमचोक निवासी ८३ वर्षीय बीर्खबहादुर लकान्द्रीको मृत्यु भएको हो ।

घटनापछि लकान्द्रीलाई उपचारका लागि रबिस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिए र त्यहाँ उपचार हुन नसकेपछि झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने मोटरसाइकल चालक वसन्त मगरलाई विर्तामोड इलाका प्रहरी कार्यालयले राति नै नियन्त्रणमा लिएको आमचोक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भुपेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News