“भ्रष्टाचारविरुद्ध सरकार प्रभावकारी ढंगले अघि बढ्छ”



काठमाडौँ, मंसिर २३

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज काठमाण्डौँमा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गर्नुभयो ।

समृद्ध, सम्भ्रान्त र सुसङ्गत समाज निर्माणको परिकल्पना र प्रयासमा भ्रष्टाचारले निकै ठूलो बाधा पुर्याइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घले समृद्ध, शान्त, खुशी मानव समाज निर्माणमा बाधा पुर्याइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न विश्वव्यापी रुपमै अघि बढाएको साझा प्रयासलाई नेपालले सहयोग र समर्थन गर्दै आएको छ ।”

आत्मअनुशासित, कानूनको परिपालना गर्ने मानव जाति आफू नैतिक एवं इमान्दारको स्वबन्धनमा नबाँधिएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News