काँग्रेसद्धारा आर्थिक प्रस्ताव पारित



काठमाण्डौँ, मंसिर २४

नेपाली काँग्रेसको महासमिति बैठकमा पेश हुने आर्थिक प्रस्ताव केन्द्रीय कार्यसमितिको आजको बैठकले परिमार्जन सहित पारित गरेको छ ।सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वमा गठित समितिले आर्थिक प्रस्ताव गत बुधबार केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेको थियो ।

प्रस्तावमाथि पूर्व अर्थमन्त्रीद्वय रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की र केन्द्रीय सदस्य चन्द्र भण्डारीले सुझाव दिनुभएको थियो । केन्द्रीय कार्यसमितिमा आएका सुझावलाई समेटेर परिमार्जन सहित महासमिति बैठकमा प्रस्तुत गर्नेगरी प्रस्ताव पारित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

बैठकमा बोल्दै पूर्व अर्थमन्त्री महतले आर्थिक प्रस्तावलाई पार्टीको घोषणापत्र जस्तो बनाउन नहुने बताएका थिए भने अर्का पूर्व मन्त्री कार्कीले आर्थिक बृद्धिसँगसँगै वितरणमुखि अर्थतन्त्रलाई अघि बढाउने खालको नीति कांग्रेसले लिनुपर्ने बताउनुभएको थियो ।

कांग्रेसले प्रस्ताव गरेको आर्थिक प्रस्तावमा केपी ओली नेतृत्वको सरकार नियन्त्रण, निषेध र संस्थागत भ्रष्टचारको बाटोमा अघि बढेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News