सर्वोच्चले भन्यो : एउटै नाममा दुई पार्टी कसरी दर्ता भयो ?



काठमाडौँ, मंसिर २४

सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादमा सरकार र निर्वाचन आयोगलाई एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भनी प्रश्न सोधेको छ ।

आज पहिलो सुनुवाइ गर्दै सर्वाेच्चले सबै विपक्षीलाई अदालत उपस्थित हुन पनि आदेश गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो । नेकपाविरुद्ध ऋषि कट्टेलले सर्वाेच्चमा दायर गरेपछि सुरु भएको विवादमा सर्वाेच्चले यस्तो आदेश गरेको हो ।

सर्वाेच्चले नेकपा नाम सत्तारुढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा पेस गर्न भनेको छ । एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वाेच्चले जवाफ माग गरेको छ ।

कट्टेलले मंसिर २१ गते सर्वाेच्चमा निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News