सरकार गलत दिशामा छैन : नेता भट्टराई



इटहरी, मंसिर २४

नेकपाका नेता योगेश भट्टराईले सरकार गलत दिशामा नभएको वताउनुभएको छ । इटहरीमा होटल उत्सवको उदघाटन गर्दै उहाँले सरकारले मज्जाले फडको मार्न नसकेपनि सुतेर भने नवसेको वताउनुभयो ।

जनस्तरवाट आएका गुनासोलाई प्रति गम्भिर हुदै सरकारलाई गतिशिल वनाइने नेता भट्टराईले वताउनुभयो । कमि कमजोरी सच्याउदै आगामी वर्ष अझ राम्रो काम हुने नेता भट्टराईको दावी छ । नीजि क्षेत्रलाई प्रयाप्त काम गर्न सक्ने वातावरण वनाइने उहाँले प्रष्ट पार्नुभयो ।

चालिस फिटको नेपालको झण्डा भएको होटल
इटहरीका युवा गोपाल घिमिरे लगायतको अढाइकरोडको लागतमा सञ्चालित होटल उत्सवको नेता भट्टराईले उदघाटन गर्नुभएको हो । लिफट सहितको सुविधा भएको उत्सव होटलको अग्रभागमा ४० फिट अग्लो नेपालको झण्डा वनाइएको छ । सो झण्डाका कारण उत्सव होटल झण्डा होटलका नामले समेत परिचित हुदैछ ।

अत्याधुनिक सुविधा सम्पन्न २२ वटा कोठा र दुईवटा सेमिनारहलको ब्यवस्था गरिएको संचालक घिमिरेले वताउनुभयो । सुपथ मूल्यमा स्टार लेवलको सुविधा उपलब्ध गराउने होटलको दावी छ । उदघाटन समारोहलाई प्रदेश सांसद सर्वध्वज साँवा,इटहरीकी उपमेयर लक्ष्मी गौतम,संविधानसभाका पूर्व ससभासद रेवती रमण भण्डारी र उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।

दुई बर्षमा पाथीभरामा केवलकार
कार्यक्रमलाई सम्वोधन गर्दै ताप्लेजुङका सांसद समेत रहेका नेकपाका नेता भट्टराईले दुई बर्षमा पाथीभरामा केवल कार पुरयाउने वताउनुभयो ।पाथीभरामा केवल कार पुरयाएर प्रत्येक बर्ष ताप्लेजुडमा १० लाख पर्यटक जाने वातावरण वनाउने सुनाउनुभयो । गत दशैका वेला एकैदिनमा १५ हजार पर्यटक पाथीभरा पुगेको उहाँले स्मरण गर्नुभयो ।

देश विदेशवाट पाथीभरा जाने पर्यटक इटहरी हुदै जाने भएकाले इटहरीमा एक दिन वास वस्ने गरि होटलले कल्चर विकास गर्नुपर्ने नेता भट्टराईले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News