आन्तरिक उडानमा सुरक्षा जाँच केन्द्र स्थापना



काठमाडौँ, मंसिर २५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई मध्यनजर गर्दै आन्तरिक उडानमा अन्तर्राष्ट्रियस्तरको सुरक्षा जाँच केन्द्र स्थापना गरेको छ ।

विमानस्थलको आन्तरिक टर्मिनलको गोल्डेन गेटबाट भित्रने स्थानमा आजदेखि सुरक्षा जाँच केन्द्रको स्थापना गरिएको हो । विमानस्थलको सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा उपकरण जडान गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार शुरुमा आन्तरिकतर्फ भित्रपट्टि मात्र जाँच केन्द्र थियो ।

अब बाहिर पनि शुरु भएकाले सुरक्षाकर्मीले हातले जाँच गरिराख्नु पर्दैन । सुरक्षा जाँच कक्षमा पास रिर्डर, लगेज एक्स–रे र वाक थ्रो एक्स–रे रहनेछ । यसअघि यात्रुसँग रहेका लगेज प्रहरीले हातले जाँच गर्दै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News