राष्ट्रपतिद्वारा विवाहपञ्चमीको शुभकामना



काठमाण्डौँ, मंसिर २६

राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक र साँस्कृतिक विविधता मुलुकको अमूल्य निधिको रूपमा रहेको बताएकी छन्। विवाह पञ्चमीका अवसरमा राष्ट्रपति भण्डारीले दिएको सन्देशमा आदिकालमा ज्ञान, शिक्षा र सांस्कृति वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजश्री जनकको महिमाको गायन युगौँयुगदेखि हुँदै आएको छ।

यस्तो गौरवपूर्ण स्थलमा हुने विवाव पञ्चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व छ। यसले हामी सबैलाई गौरवान्वित बनाइरहन्छ सन्देशमा उल्लेख छ।

सन्देशमा विभिन्न क्षेत्र र भूभागमा बसोबास गर्ने विभिन्न आस्था र विश्वास बोकेका सम्प्रदायको उत्साहपूर्वक सहभागिता हुने यस अवसरमा नेपालीहरूबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव, सहिष्णुता र असल छिमेकी सम्बन्ध सुदृढ बनाउन मद्दत पुगोस् भन्ने कामना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News