काँग्रेस महासमिति बैठकको तयारी पुरा



काठमाडौँ, मंसिर २६

नेपाली काँग्रेसको मंसिर २८ गतेबाट सुरु हुने महासमिति बैठकको तयारी पुरा भएको सो पार्टीले जनाएको छ । १४ सयभन्दा बढी सदस्यहरु सहभागी हुने बैठकले काँग्रेसको प्रस्तावित विधान अनुमोदन गर्नेछ ।

संघीय संरचनाअनुसार काँग्रेसको कार्यसमिति नभएकाले बैठकमा विगतकै निर्वाचन प्रणालीअनुसार महासमिति सदस्यहरु सहभागी हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

दुई सय ४० निर्वाचन क्षेत्रबाट महासमिति सदस्य छनोट भएको र त्यसरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित पाँच जना सहभागी हुँदा १२ सय प्रतिनिधि हुने र आमन्त्रित पाहुना समेत गरेर १४ सय पुग्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

काठमाडौँको एक पार्टी प्यालेसमा चल्ने महासमिति बैठकमा जनसम्पर्क र शुभेच्छुक संगठनबाट ५४/५४ का दरले सहभागी हुने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News