चिलिमेको २५ लाभांश घोषणा


 


काठमाण्डौँ, मंसिर २६

चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले २० बोनस सेयर र ५ % नगद गरी कुल २५% लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

हाल चिलिमेको सेयर पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

चिलिमेको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ २० पैसा छ ।

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्