‘राससमा सुधार देखियो’



काठमाडौँ, मंसिर २६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको एक मात्रै समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा सुधार देखिन थालेको बताउनुभएको छ ।

राससबाहेक अन्य सरकारी सञ्चारमाध्यममा जनशक्तिको अभाव नभएको बताउँदै उहाँले भन्नुभयो,“कण्टेण्ट हेर्दा ‘रासस’को भने अहिले निकै सुधार देखिन्छ ।”

आज सञ्चार मन्त्रालयअन्तर्गतका कार्यालयको प्रथम चौमासिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले ‘गोरखापत्र’मा आवरण फरक देखिन थालेको छ भन्दै वितरण प्रणालीलाई चुस्त पार्न आग्रह गर्नुभयो । कोही अदालतमा जाँदैमा काम गर्न डराउन नहुनेमा उहाँले जोड दिनुभयो । ‘गोरखापत्र’लाई अनलाइन संस्करण प्रभावकारी बनाउन उहाँले निर्देशन दिनुभयो ।

‘गोरखापत्र’मा छापिने विभिन्न भाषाभाषीको समाचारलाई व्यवस्थित गरी सुधार गर्नसमेत मन्त्री बाँस्कोटाले आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News